राष्ट्रिय बाणिज्य बैंकको नाफा एक अर्ब १२ करोड, यस्तो छ शुद्ध सरकारी बैंकको अवस्था

Advertisement

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै एक अर्ब १२ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७५ असोज मसान्तमा एक अर्ब ११ करोड रुपैया नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३० करोड रुपैयाँ देखिन्छ ।

बैंकले एक खर्ब ८७ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७१.९७ प्रतिशत कायम छ । बैंकको निक्षेप संकलन र कर्जा लगानीमा भने केहि गिरावट आएको देखिन्छ । २०७५ असोज मसान्तमा बैंकको निक्षेप एक खर्ब ९० अबै थियो भने कर्जा लगानी एक खर्ब ४४ अर्ब थियो ।

बैंकले ४ अर्ब ४ करोेड ब्याज आम्दानी गरेर एक अर्ब ७७ करोड ब्याज खर्च गर्दै २ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको छ । ९ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेड दर ५.९६ प्रतिशत छ भने आधार ब्याजदर ६.६० प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ३.९७ प्रतिशत छ भने खराब कर्जा ३.५० प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement