एक नम्बरको रेसः राष्ट्रिय बाणिज्य बैंकसँग यसरी भिड्दैछन् नविल र एनआइसी एसिया

Advertisement

काठमाडौं । २८ वटै बाणिज्य बैंकहले असोज मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । २८ मध्ये एक नम्बरको ताजका लागि भने ३ वटा बैंकबीच यस वर्ष कडा टक्कर सुरु भएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई नविल बैंकले कडा टक्कर दिईरहेको छ भने यी दुबै बैंकलाई पछ्याउँदै अप्रत्याशित रुपमा आईरहेको छ एनआईसी एसिया बैंक ।

पहिलो ३ महिनामा बाणिज्य बैंकले एक अर्ब १२ करोड नाफा आर्जन गरेको छ भने नविल बैंकले पनि त्यति नै नाफा आर्जन गरेर चुनौती दिईसकेको छ । यी दुबै बैंकलाई पछ्याएको एनआइसी एसिया बैंकको नाफाले पनि एक अर्बको आँकडा छोएको छ ।

यो अवधीमा बाणिज्य बैंकले आफ्नो नाफा एक करोडले मात्रै बढाउन सकेको छ भने नविलले ७ करोडले मात्रै वृद्धि गरेको छ । एनआइसी एसिया बैंकले भने आफ्नो नाफा २५ करोडले वृद्धि गर्न सफल भएको देखिन्छ ।

राष्ट्रिय बाणिज्य बैंकले असोज मसान्त अवधीमा एक खर्ब ८७ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४३ अर्ब कर्जा लगानी गरेको छ । जबकी नविल बैंकले बैंकले एक अर्ब ७२ करोड निक्षेप संकलन गरेर एक अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । निक्षेप र कर्जा लगानीमा नविललाई एनआइसी एसिया बैंकले उछिनिसकेको छ ।

जबकी एनआइसी एसिया बैंकले यो अवधीमा एक खर्ब ७९ अर्ब निक्षेप संकलन गरेर एक अर्ब ५४ करोड कर्जा लगानी गरेको छ ।


राष्ट्रिय बाणिज्य बैंकको अवस्था कस्तो ?
राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै एक अर्ब १२ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७५ असोज मसान्तमा एक अर्ब ११ करोड रुपैया नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३० करोड रुपैयाँ देखिन्छ ।

बैंकले एक खर्ब ८७ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७१.९७ प्रतिशत कायम छ । बैंकको निक्षेप संकलन र कर्जा लगानीमा भने केहि गिरावट आएको देखिन्छ । २०७५ असोज मसान्तमा बैंकको निक्षेप एक खर्ब ९० अबै थियो भने कर्जा लगानी एक खर्ब ४४ अर्ब थियो ।  बैंकले ४ अर्ब ४ करोेड ब्याज आम्दानी गरेर एक अर्ब ७७ करोड ब्याज खर्च गर्दै २ अर्ब २६ करोड खुद ब्याज आम्दानी गरेको छ ।

९ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ५.९६ प्रतिशत छ भने आधार ब्याजदर ६.६० प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड ३.९७ प्रतिशत छ भने खराब कर्जा ३.५० प्रतिशत छ ।

कस्तो छ अनिल शाहको कार्य प्रगति ?
नविल बैंकले ३ महिनामै एक अर्ब १२ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७५ असोज मसान्तको तुलनामा ७ करोडले नाफा वृद्धि गरेको हो । २०७५ असोजमा बैंकको नाफा एक अर्ब ५ करोड थियो । नविल बैंकले ३ महिनामा वितरण योग्य मुनाफा नै ७४ करोड आर्जन गर्न सफल भएको छ ।

बैंकले एक अर्ब ७२ करोड निक्षेप संकलन गरेर एक अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७४.०९ प्रतिशत कायम छ । बैंकले ४ अर्ब २६ करोड ब्याज आम्दानी गरेर २ अर्ब ३४ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी एक अर्ब ९१ करोड पुर्याएको छ । ९ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकको १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

नविलको आधार ब्याज दर ७.९४ प्रतिशत छ भने कष्ट अफ फण्ड ६.२० प्रतिशत छ । बैंकको खराब कर्जा ०.६५ प्रतिशत छ भने स्प्रेड दर ४.४५ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ४८.९३ रुपैयाँ छ ।

कान्छा सिइओको तेज दौड
एनआइसी एसिया बैंकले ३ महिनामै एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा आर्जन गरेको भन्दा २५ करोड रुपैयाँ अर्थात ३३ प्रतिशतले बढी हो । बैंकले २०७५ असोज मसान्तमा जम्मा ७५ करोड नाफा आर्जन गरेको थियो ।
एनआइसी एसियाले वितरण योग्य नाफा नै ४४ करोड पुर्याएको छ । बैंकले यो अवधीमा एक अर्ब ७९ करोड निक्षेप संकलन गरेर एक अर्ब ५४ करोड कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत कायम गराएको छ । बैंकले ३ महिनामा ५ अर्ब १४ करोड ब्याज आम्दानी र ३ अर्ब ३० करोड ब्याज खर्च गरेर एक अर्ब ८४ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

९ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
एनआइसी एसियाको खराब कर्जा ०.४५ प्रतिशत छ भने आधार ब्याज दर ९.५१ प्रतिशत छ । बैंकको स्प्रेड दर ५.१० प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.९९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४०.७८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५३.६१ रुपैयाँ रहेको छ ।

कान्छा सिइओको उपमा पाएका रोशन न्यौपानले बैंकलाई फरक ढंगले अघि बढाउँदै केहि वर्षभित्रै एक नम्बरको बैंक बनाउने बताउँदै आएका छन् ।

 

Advertisement

Advertisement

Advertisement