सोल्टी होटलको नाफा घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलले दुई करोड ९५ लाख रुपियाँ नाफा कमाएको छ । होटलले गत आर्थिक वर्षको यस अवधिमा होटलले पाँच करोड ८१ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४९ प्रतिशतले कम हो ।

होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख रुपियाँ छ । त्यसैगरी, रिजर्भ कोषमा ९२ करोड ४९ लाख रुपियाँ छुट्याइएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा होटलको आम्दानी घटेकाले नाफा घटेको हो ।

होटलको प्रतिसेयर आम्दानी ० दशमलव ४० रुपियाँ, मूल्य आम्दानी अनुपात ५१३ दशमलव ६६ टाइम्स र प्रतिसेयर नेटवर्थ २२ दशमलव ६२ रुपियाँ छ ।

solti-hotel-d

Advertisement

Advertisement

Advertisement