बीमा क्षेत्रको सबैभन्दा ठूलो करदाता– नेपाल लाइफ, सरकारले गर्यो सम्मान

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो ।

आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आइतबार काठमाडौंमा अर्थमन्त्री युवराज खतिवडाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरे । सो अवसरमा झाले नेपालको बीमा व्यवसायमा सबैभन्दा अगाडि बढ्दै सबैभन्दा बढी राजस्व दाखिला गरी सम्मानित हुने अवसर पाएकोमा अत्यन्तै खुशी तथा गौरव महसुश भएको बताए ।

उनले भने, ‘यो सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको तथा नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्दै अगाडि बढ्न र नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन हौसला मिलेको छ ।’

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रहेको छ भने लगानी ७८ अर्ब ६८ करोड रुपियाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपियाँ र शेयरधनी कोष आठ अर्ब ५७ करोड रुपियाँभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा नौ अर्ब ६२ करोड रुपियाँ बीमा शुल्क संकलन गरेको छ । एक लाख ३५ हजार ६१० प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १९४ शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६९ हजार ८८६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि जनाएको छ ।

Advertisement

Advertisement

Advertisement