कालापानीबाट भारतीय सेना हटाइन्छ, उसले अतिक्रमण गरेका अरु पनि भूमि फिर्ता ल्याइन्छः ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेनालाई हटाउने बताएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई भारतले अतिक्रमण गरेका सबै नेपाली भूमि फिर्ता ल्याउने बताए ।

ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गर्दै कडा अभिव्यक्ति दिएका हुन् । नेपालको नयाँ नक्सा निकाल्दैमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता नहुने भन्दै उनले सरकारले अतिक्रमित भूमि फिर्ता ल्याएर छाड्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको, सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ। नक्सा सच्याँदैमा समस्या समाधान हुँदैन । भूमि फिर्ता लिने कुरा मुल हो। नक्सा त प्रेसमा छापे भइहाल्छ । हामी भूमि फिर्ता लिन्छौं ।’

ओलीले नेपालको जमिनबाट भारतीय सेना फिर्ता पठाएर नेपाली सेना राख्ने पनि बताए । उनले नेपाली भूमिबाट सेना फिर्ता लैजान भारतलाई आफूहरुले भन्ने बताउँदै भने, ‘शान्ति सेनामा सेना पठाएर हामी विश्व शान्तिमा लागेका छौं। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’

Advertisement

Advertisement

Advertisement