अट्ठाइस बाणिज्य बैंकले कमाए साढे १५ अर्ब नाफा, स्थापित बैंकलाई साख जोगाउनै चुनौती

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदा पुराना र स्थापित बैंकहरुलाई आफ्नो बिरासत जोगाउन चुनौति देखिएको छ । यस अघि आफुलाई पुरानो र स्थापित दावी गर्ने बैंकहरुको प्रगति सन्तोष जनक देखिन्न । तर केहि बैंकहरुले भने अप्रत्यासित प्रगति गरेर देखाएका छन् ।

पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक हुँदा एक नम्बरको बैंक बन्ने अभियानमा राष्ट्रिय बाणिज्य बैंकलाई नविलले कडा टक्कर दिईरहेको देखिन्छ । त्यसमा पनि बाणिज्य बैंकको वित्तिय अवस्था अघिल्लो असोज मसान्तको भन्दा खस्किएको छ भने नविलले पनि अपेक्षाकृत सुधार गर्न सकिरहेको छैन् । उता, एनआइसी एसिया बैंकले भने छलाङ मारेको छ । त्यस बाहेक एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, सनराइज बैंकको प्रगति पनि लोभ लाग्दो देखिन्छ ।

तर नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, स्टयाण्डर्ड चाटर्ड बैंक लगायतको परिसूचक भने खासै उत्साहजनक देखिन्नन् । नाफा, निक्षेप, ब्याज आम्दानी लगायतका सूचकमा यी बैंकहरुले उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् ।

बाणिज्य बैंक र नविलले समान ११२÷११२ करोड नाफा कमाएका छन् भने एनआइसी एसियाले १०० करोड नाफा आर्जन गरको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड नाफा आर्जन गरेको छ भने एनएमबिले ८१ करोड मुनाफा आर्जन गरेको छ । इन्भेष्टमेन्टको नाफा ओरालो लागेको हो भने एनएमबिले व्यापक सुधार गरेको हो । ग्लोबल आइएमई बैंकको नाफा पनि २० करोडले बढेर ७३ करोड पुगेको छ ।

२८ वटा बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै १५ अर्ब ६५ करोड नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार २०७५ असोज मसान्तको तुलनामा बैंकहरुको नाफा ६.३९ प्रतिशतले वृद्धि भएको छ । २०७५ असोज मसान्त अवधीमा २८ बाणिज्य बैंकहरुको कुल नाफा १४ अर्ब ७१ करोड रुपैयाँ थियो ।

bank_chart

Advertisement

Advertisement

Advertisement