कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रै हो, फिर्ता  लिन्छौं- माधव नेपाल

Advertisement

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको आफ्नै भूभाग भएको बताएका छन् ।

नेपाल वैकल्पिक अध्ययन समाजले राजधानीमा आयोजना गरेको नेपाल भारत चीन सम्बन्ध टु प्लस वान की त्रिपक्षिय बिषयक कार्यक्रममा नेपालले आफ्नो एक इञ्च भूमि पनि नछोड्ने स्पष्ट पारेका हुन् । नेता नेपालले भने “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ, हामी एक इञ्च जमिन पनि छोड्दैनौं ।”

उनले ऐतिहासिक तथ्यहरुले ति भूमि नेपालको भएको प्रमाणित गरिसकेकाले सरकारले कुटनीतिक पहल अघि बढाउनुपर्ने उनको भनाई थियो । उनले विश्वका दुई ठुला र उदियमान अर्थतन्त्र भएका चीन र भारतसँगको सम्बन्धलाई समदुरीमा राख्दै नेपालले लाभ लिनुपर्नेमा पनि जोड दिए ।

नेपालले चीन र भारत जोड्ने पुलका रुपमा आफुलाई स्थापित गर्नुपर्नेमा पनि उनको जोड थियो । नेता नेपालले आफू परराष्ट्रमन्त्री भएको समयमा फूलबारी–बङ्गलाबन्ध मार्ग खुलाउने विषयमा भारतसँग स्पष्ट संवाद गरेको र त्यसकै प्रतिफल प्राप्त भएको दावी समेत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement