गणपतिको साधारण सभा पुस ४ गते, २ जना सञ्चालक निर्वाचित गर्ने

Advertisement

काठमाडौँ । तनहुँको दुलेगौँडामा रहेको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ ।

गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले जंगल पार्क रिसोर्ट शुक्ला गण्डकी नगरपालिका ३ तनहुँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्नेछ । साथै चुक्तापूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर स्वीकृत गर्नेछ ।
बोनस शेयर जारी गरेपछि हुन आउने चुक्ता पूँजी ११ करोड ७ लाख ४५ हजारको ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।

संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति हुने वा प्राप्ति हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement