नेपाल बैंकद्वारा शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा, नगद कति र बोनस शेयर कति ?

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आव २०७५/७६को वित्तीय विवतरण अनुसार नाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने कम्पनी सचिव के्शवप्रसाद भण्डारीले जनाएका छन् ।

बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement