सेयर बजार स्थिर, कारोबार पनि बढ्न सकेन

Advertisement

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजारमा स्थिरता अर्थात् सामान्य गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव २४ अंकले घटेर एक हजार १३१ दशमलव १२ कायम भयो भने कारोबार रकम ३५ करोड ६८ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक अगाडी रहेको छ । जसको कारोबार आठ करोड ३९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । जसको कारोबार तीन करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूकको सुचक आठ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने उत्पादन मूलक समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै, अन्य, म्युचल फण्ड र हाइड्रोपावर समूहको सुचकमा शुन्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा शुन्यभन्दा धेरै प्रतिशतको सुधार आएको देखिन्छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९३ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ५.४० प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement