सरकारका २१ बुँदे असफलता औंल्याउँदै काँग्रेस भन्यो– संघीयतादेखि सेयर बजारसम्म खोई सुध्रिएको ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार आर्थिक विकासदेखि संघीयता कार्यान्वयन र शान्ति सुरक्षामा समेत पूर्णरुपमा असफल भएको ठहर गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै काँग्रेसले २१ महिनाका २१ बुँदे असफलताहरु सार्वजनिक गर्यो ।

काँग्रेसले बिहानीले दिउँसोको संकेत गर्छ भनिएझै दुई तिहाइको सरकारको पाँच वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई समय सकिइसकेको र यो अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाममुखी सुखद् संकेत नदेखाएको बताएको छ ।

काँग्रेसको विज्ञप्तिमा आसन्न उपनिर्वाचनमा मतदाताले मतदाता गर्नुअघि सरकारका असफलताहरु राम्रोसँग केलाउने आफूहरुले विश्वास गरेको बताएको छ । उसले सरकारमाथि राष्ट्रियको प्रश्न पनि उठाएको छ । काँग्रेसले भारतले हालै जारी गरेको नक्सामा नेपालको अविभाज्य कालापानीलगायतका भूमि त्यसैभित्रै कोरेको बताउँदै नेपालको पश्चिमी सीमा महाकाली नदी भएको र त्यस पूर्वको कालापानीलगायत भूभागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने बताएको छ ।

कांग्रेसको विज्ञप्तिमा भनेको छ, ‘ती भूभाग फिर्ता लिन कम्युनिस्ट सरकारलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौँ । तर, राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत् परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ।’

कांग्रेसले औंल्याएका सरकारका २१ बुँदे असफलता यस्ता छन्ः
– संविधानप्रति अपनत्वको दायर विस्तारमा असफल,
– सत्ताको सैद्धान्तिक चरित्र निर्माणमै असफल,
– संघीयताका बाँकी काम पूरा गर्न असफल,
– कूटनीतिक मामिलामा अपरिपक्वता,
– विप्लव प्रकरणः असफलताको फरक पाठ,
– शान्ति सुरक्षाः निर्मला प्रकरमा हरायो सरकार,
– मूल्य वृद्धिः धरहरा लडेर हुनुपर्छ सगरमाथा उक्लियो मूल्य,
– वाइडवडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ,
– बुढी गण्डकीः कम्युनिस्ट सरकारको राष्ट्रघात,
– मेलम्ची परियोजनामाथि खेलवाड,
– निजगढ एयरपोर्टको भविष्य अन्यौल,
– चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न,
– सरकारको नियतले असफल संवैधानिक परिषद,
– शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण,
– धर्मको प्रश्नमा होलीवाइन प्रकरण,
– गुठ विधेयकः जनशक्तिले झुकाएको सत्ता,
– सामाजिक सुरक्षा कोषः कम कसैको प्रचार कसैको,
– बालुवाटार काण्डमा लिलाम नैतिकता,
– कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो र
– असहिष्णु अभिव्यक्तिः अराजनैतिक चरित्र।

Advertisement

Advertisement

Advertisement