एनआईसी एशियाले ल्यायो ‘सुपर चमत्कारिक मासिक निक्षेप योजना’, ९०% सम्म कर्जा पाइने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले सबै ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।

‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बाट बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुले लाभ लिन सक्ने छन् । यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस निक्षेप योजनाबाट बचत गर्ने बानीलाई थप सहज बनाउँदै प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५००/- को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५००/- भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सक्नेछन् । यसरी ग्राहकहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्ने छन् ।

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्क बिना यथास्थितिमा बुझाउन सकिनेछ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । खातावाहकले निक्षेपको ९०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् भने निक्षेप योेजनाको ५०% परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement