मारुती सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित

Advertisement

काठमाडौं । मारुती सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ द्वारा सम्मानित भएको छ । मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको ब्राण्ड हो ।

यसअघि कम्पनीले क्लिंकर ओपिसि सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस/आईएसओ रक्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपिसि सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओद्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो । यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ ।

सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने, ‘यसको मुख्यश्रेय सम्पूर्ण उपभोक्ता, शुभचिन्तक तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ । साथै,कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।’

Advertisement

Advertisement

Advertisement