सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा, बाणिज्य बैंकले गरे हस्ताक्षर

Advertisement

काठमाडौँ । अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत(दोश्रो संशोधन) कार्यविधि २०७६ को प्रभावकारी कार्यान्वयनका लागि ३ वटा वाणिज्य बैंकले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितमा बुधबार एक समारोहका बीच युवा तथा खेलकुल मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद् नेपालसँग नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिृकतहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय र नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

युवा उद्यमशीलता र स्वरोजगारको प्रबद्र्धन गर्ने सम्बन्धमा समझदारी भएको हो । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने जनाइएको छ ।

त्यसैगरी, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवम् प्रबद्र्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विभन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विधार्थीलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, लघु बीमा प्रिमियममा अनुदान दिन तथा भूकम्प पीडितहरुको लागि निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि नेपाल सरकारबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि २०७६ जारी गरिएको अर्थमन्त्री खतिवडाले बताए ।



Advertisement

Advertisement

Advertisement