विरोध हुँदाहुँदै गढीमाईमा हजारौं बोका, राँगा र परेवा बलि चढाउन सुरु

Advertisement

बारा । चौतर्फी विरोध हुँदाहुँदै गढीमाई मेलामा मंगलबार बिहानबाट हजारौंको संख्यामा बोका, राँगा र परेवाको बली चलाउन सुरु गरिएको छ । बलि नचढाई नहुने विश्वासका कारण विरोध हुँदाहुँदै पनि यस्तो गरिएको हो । मेला मंसिरभरी चल्नेछ ।

पूजापछि बलि चढाउन भारतबाट समेत राँगा, बोकाहरु ल्याइएको छ । प्रत्येक पाँच वर्षमा बरियापुरमा आयोजना हुने गढीमाई मेलामा लाखौं मानिसको भीड लाग्ने गर्दछ । मेलामा निर्दोष पशुहरुको बली दिने प्रथा गलत भएको भन्दै यसलाई परिमार्जन गर्न विशेषगरी पशुअधिकारवादीहरुले आग्रह गर्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement