७.४५ अंकले बढ्यो नेप्से, नेपाल लाइफको कारोबार सबैभन्दा बढी

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७.४५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार ०.६६ प्रतिशतले बढ्दा परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ ।

आज शेयर बजारमा १६८ कम्पनीका १० लाख ९५ हजार एक सय ८८ कित्ता शेयर किनबेच हुँदा ३५ करोड ८८ लाख ३९ हजार ८ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

उत्पादनमूलक समूह बाहेक सबैमा हरियाली छाएको छ । सबै समूह बढ्दा उत्पादनमूलक समूह भने १५.१४ अंकले घटेको छ । त्यसैगरी बैंकिङ समूह २.११, ट्रेडिङ समूह १६.३७, होटल समूह १६.४७, विकास बैंक समूह ६.५३, जलविद्युत समूह ८.७३, वित्त समूह १.५८, निर्जीवन बीमा समूह ७१.९९, अन्य समूह ४.२, लघुवित्त समूह २४.५५, जीवन बीमा समूह १५३.२१ र म्युचुअल फण्ड ०.११ अंकले बढेका छन् ।

बजार बढेको दिन आज समिट लघुवित्तका लगानीकर्ताहरुले ७.७८ प्रतिशतले सबैभन्दा बढी नाफा कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.०१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ । ३ करोड ५१ लाख ३१ हजार ८ सय १ रुपैयाँको कारोबार गर्दै आज एनएलआईसी सबैभन्दा अगाडि देखिएको हो ।

Advertisement

Advertisement

Advertisement