गाउँपालिकाका सुब्बा २ लाख घुससहित रंगेहात पक्राउ

Advertisement

काठमाडौं । सप्तरीको महादेवा गाँउपालिका वडा नम्बर ६ का वडा सचिब नायव सुब्बा २ लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेशको टोलीले वडा सचिव सुब्बा नबोनाथ मिश्रालाई २ लाख घुससहित पक्राउ गरेको हो ।

उनलाई घुस रकम लिईसकेको अवस्थामा राजबिराज नगरपालिका वडा न. २ तित्रीगाछीबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।  सुब्बामाथी थप अनुसन्धान भैरहेको छ ।

Advertisement

Advertisement

Advertisement