ककनी गाउँपालिकामा भोलि सार्वजनिक बिदा

Advertisement

काठमाडौं । ककनी गाउँपालिकाले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघेसंक्रान्तिलाई लक्षित गरेर बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement