दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तुका पसलहरू आजदेखि खुल्ने, सरकारले सहजीकरण गर्ने

Advertisement

काठमाडौँ । सरकारले आजदेखि दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरू सञ्चालन गर्न सहजीकरण गर्ने भएको छ । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन र जोगाउनका लागि गत मंगलबारदेखि एक साताका लागि देशैभर ‘लकडाउन’को आदेश जारी गरेपछि आमनागरिकलाई अत्यावश्यक वस्तुहरुको अभाव नहोस् भन्नका लागि यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्षतामा बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयको परिसरमा निर्मिति अस्थायी शिविरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी त्यस्ता पसलहरु सञ्‍चालन गर्न सहजीकरण गर्ने निर्णय उच्चस्तरीय समितिले विज्ञप्ति मार्फत जनाएको छ ।

साथै ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने र यसका लागि गृह मन्‍त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने निर्णय समेत गरेको छ । यता, अति आवश्यक परी खाद्यान्‍न ढुवानी गर्नुपरेमा गृह मन्‍त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्‍त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाउने उच्चस्तरीय समन्वयले निर्णय गरेको हो ।

ishowr‘औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र माछाको दाना, कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने र यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने छैनन्’– समितिको निर्णयमा उल्लेख छ ।

समितिको निर्णय अनुसार औषधि उत्पादन, ग्याँस बोटलिङजस्ता कार्यमा संलग्‍न हुने श्रमिकहरूलाई कार्यस्थलसम्म आउन जानका लागि सम्बन्धित उत्पादक संस्थाले सवारी साधनको व्यवस्था गर्ने र गृह मन्‍त्रालयले सो सवारी साधनका लागि आवश्यक अनुमति दिनेछ ।

Advertisement

Advertisement

Advertisement