'लकडाउन'मा अति आवश्यक सवारी साधन सञ्चालन गर्न अब 'ई–पास'

Advertisement

काठमाडौं । लकडाउनको अति आवश्यक सवारी साधन सञ्चालन गर्न सरकारले ई–पासको व्यवस्था गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा बितरण गरिएको पासहरुको दुरुपयोग बढ्न थालेपछि सरकारले ई–पासको व्यवस्था गरेको हो ।

खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत् फाराम भरेर सवारी पास लिन सकिने छ । गृह मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ई–पासबारे जानकारी दिएको हो ।

ई–पास लिनका लागि  https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ। जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्ने गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको बताए ।

उनले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि ई–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

Advertisement

Advertisement

Advertisement