पचास लाख युवाले पठाएको पैसाले तलव भत्ता खाएर काँग्रेस कम्युनिष्टले राष्ट्रवादका कुरा नगरेहुन्छ

Advertisement

काठमाडौं । काँग्रेसका बौद्धिक नेता प्रदीप गिरिले ५० लाख युवालाई कामका लागि विदेशिन बाध्य बनाउने कुरामा कम्युनिष्ट पार्टी मात्रै नभएर आफ्नो पार्टी काँग्रेस पनि दोषी रहेको स्वीका गरेका छन् । ऋषी धमलाको कार्यक्रममा बोल्दै गिरिले नेपालको आजको दूराअवस्था, रोग र भोकको आक्रमण छ, त्यसको कारण खासगरी यताका बर्षहरुमा देखा परेका प्रधानमन्त्रीहरु नै हुन् भन्दै उनले यी प्रधानमन्त्रीहरुले आफू सत्तामा टिक्ने र बढिमा आफ्नो पार्टीलाई जिताउनेबाहेक आम जनताका लागि कुनै काम नगरेको बताएका छन् । गिरि भन्छन्, आम जनताले केबाट राहात पाउँछन् ? आम जनताको अनुहार कसरी हंसिलो हुन्छ ? भनेर यिनीहरुले ध्यान दिएका छैनन् । कुनै पनि प्रधानमन्त्रीले ध्यान दिएको भए मुलुकको यो स्थिति हुन्थेन् भने ।

Advertisement

प्रधानमन्त्री भएका अहिलेका नेताहरु कुटनीतिको कुनै ज्ञान नहेको पनि नेता गिरिले जिकिर गरे । उनले भने, म तपाईंलाई दावाका साथ भन्छु, यिनीहरुले अहिलेसम्म राष्ट्रवाद र अन्तर्राष्ट्रिय राजनीतिको क, ख, ग को पनि ज्ञान हासिल गरेका छैनन् ।
उनले ५० लाख युवालाई ल्याउन सकिन्न, ल्यायो भने सम्हाल्नै सकिन्न, कोरोना झन उत्पात हुन्छ, भनेर प्रधानमन्त्री केपी ओलीले जवाफ दिएकोप्रति आश्चर्य प्रकट गर्दै भने, म सबैभन्दा बढि उदार भएर के भन्न सक्छु भने यो ५० लाखका लागि ओली एक्लै जिम्मेवार हुनुहुन्न । निर्वासित भएर संरक्षकविहीन अवस्थामा विदेशिएका ५० लाख युवालाई एउटा प्रधानमन्त्रीले मात्रै जवाफ दिने ? काँग्रेस र एमालेले ३० बर्षमा मिलेर शासन गरेकाले दुवै दल यसका लागि जिम्मेवार छन् ।
नेता गिरिले प्रश्न गरे, आफ्नो देशमा श्रम गरेर किन खान नपाउने ? बहुदल आएदेखि नै हाम्रा प्रधानमन्त्रीहरु आफ्नो कुर्सीका लागि मात्रै आसक्त छन् भन्दै उनले उनीहरुले राष्ट्रवादलाई आफ्नो स्वास्थभन्दा बाहेक समग्र मुलुकको हितमा व्याख्या गर्न जानेका छैनन् भने । काम गर्ने जनशक्ति आज बाहिर छ, तर प्रधानमन्त्रीले रोष्टममा उभिएर भन्नुपर्यो उनीहरुलाई ल्याउन सकिन्न । त्यहाँ म पनि छु, मैले पनि कराएर बोल्नुको अर्थ छैन् ।उनले आज हामीले तलब भत्ता उनीहरुले नै कमाएर पठाएका खाएका छौं भन्दै जसको पसिनाको बलमा हाम्रो राजकाज चलिरहेको छ, तर हामीले उनीहरुको बारेमा सोचेका छैनौं भने । यति लामो समयसम्म विदेशिएका युवाहरुका बारेमा नसोच्ने, अहिले आएर राष्ट्रवादका कुरा गरेर हुन्न भन्दै उनले उनीहरुलाई बाहिर पठाउँदा कुनै पनि चिजमा नेपाल आत्मनिर्भर हुन नसकेको बताए ।नेता गिरिले पञ्चायत कालमा तत्कालिन शाही नेपाल वायुसेवा निगमको कत्रो लोकप्रियता थियो ? भन्दै विदेशका अरु एयरलाइन्सहरु नाफामा चलिरहँदा निगम धरासायी बनाउने ? अनि राष्ट्रवादको कुरा गर्ने ? भनी प्रश्न गरे । उनले जुन मुलुकमा एक तिहाई जनसंख्या बाहिर छ उनीहरुको पैसाले हामी खाँदैछौं । विदेशीसँग देखाएर नदेखाएर पैसा लिएर चल्नुपर्ने अवस्थामा राष्ट्रवादको कुरा गर्न सुहाउँदैन भन्दै पहिलो मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।ठूलठूला आत्मसर्मपर्णवादीले पनि म देखाइदिन्छु भन्दै राष्ट्रवादको कुरा गर्ने गरेको गिरिले उदाहरण दिए । उनले ओलीको भारतसँग आफ्नै किसिमको गहिरो र घनिष्ठ सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री कहिले किन भारतका नजिक देखिन्छन् ? किन अहिले फेरि चीनका नजिक देखिन्छन् ? यो मौसमी राजनीतिका कुरा हुन् भने ।थप कुराहरु भिडियोमा

Advertisement

Advertisement