'सोह्र खर्ब ९५ अर्बको बजेट ल्याउ, भ्याटमा बहुदर, औद्योगिक कच्चा पदार्थको भन्सार घटाउ'

Advertisement

काठमाडौं । संसदको अर्थ समितिले १६ खर्ब ९५ अर्बको बजेट ल्याउन सरकारलाई निर्देशन दिएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि बिभिन्न पक्षहरुसँगको छलफलपछि तयार पारेको प्रतिवेदनमा १६ खर्ब ९५ अर्बको हाराहारीमा बजेट ल्याउन भनेको हो । समितिले चालु आर्थिक वर्षको अनुमानित कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशतको हाराहारीमा बजेट ल्याउन भनेको छ । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब हुने प्रक्षेपण गरेको छ । त्यसको ४५ प्रतिशत आकारको बजेट ल्याउने हो भने १६ अर्ब ९५ अर्बको हुनेछ ।  कोरोना महामारी देखिनु अघि नै श्रोत समितिले भने १७ खर्बको बजेट बनाउने सिलिंग तोकेको थियो ।

Advertisement

समितिले भ्याटमा बहुदर कायम गर्न पनि भनेको छ । समितिले अध्ययन गरेर भ्याटमा बहुदर कार्यान्वयन गर्नु भनेको हो । नेपालमा भ्याटको एकल दर १३ प्रतिशत कायम छ । समितिले राजश्व संकलनको लक्ष्य १० खर्बको कायम गर्न पनि सुझाव दिएको छ । औद्योगीक कच्चा पदार्थको भन्सार दर घटाउन पनि भनेको छ ।

बजेटमा एक खर्ब श्रोत वैदेशि अनुदानबाट जोहो गर्न पनि भनिएको छ । बजेटका लागि जीडीपीको ६ प्रतिशत अर्थात २ खर्ब २६ अर्ब रुपैयाँ श्रोत आन्तरिक ऋणबाट संकलन गर्न पनि सुझाव दिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्ने कर्जालाई १० प्रतिशतले बढाएर १५ प्रतिशत बनाउन पनि भनेको छ ।

Advertisement

Advertisement