सर्पदंश

सर्पदंशका कारण मृत्यु भएका बालकको परिवारलाई राहत

  भरतपुर । सर्पदंशको उपचार नपाएर मृत्यु भएका बालक सलिन विकका परिवारलाई राहत उपलब्ध गराइएको छ । भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका तीन वर्षीय विकका परिवारलाई प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको रोहोवरमा नेपाल चिकित्सक सङ्घ चितवनले आर्थिक सङ्कलन गरेर जम्मा गरेको रु चार लाख राहत

पूर्व लाहुरे

शहरबाट गाउँ फर्केर जङ्गलमा भविष्य खोज्दै पूर्व लाहुरे

कुश्मा । आफ्नो ऊर्जाशील समय पल्टनमा बिताएका यहाँका लाहुरेले खेर गइरहेको वनमा पनि पसिना बगाउन थालेका छन् ।जिल्लाको महाशिला गाउँपालिका–२ भोक्सिङमा जङ्गलभित्रको उपयोगविहीन वन क्षेत्रमा उनीहरुले लटरम्म अलैँची फलाएर सबैसामु उदाहरण प्रस्तुत गरेका हुन् । स्थानीय २५ जनाको समूहले लोसे पाखाको उत्तिसको जङ्गलमा

मदिरा

राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय

फूलपाती

गोरखाको दशैँ घरबाट फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

गोरखा । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका

भूतमेला

सोनामाई मन्दिरमा भूतमेला शुरु, झन्डै सात लाख भक्तजन सहभागी हुने

गौशाला । परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताउनुभयो ।बिजयादशमीको

केबलकार

चन्द्रागिरि केबलकार दशैं विदाका सबै दिन संचालन हुने

काठमाडौं। चन्द्रागिरिमा सञ्चालित केबलकार लगाएतका सेवाहरु दशैं विदाका सबै दिन संचालन हुने भएका छन् । चन्द्रागिरि हिल्स व्यवस्थापनले प्रेस बिज्ञप्ती जारी गरी दशैं विदाका सम्पूर्ण दिनहरूमा केवलकार संचालनमा रहने जानकाी गराएको हो। दैनिक काममा व्यस्त रहने दर्शनार्थी तथा आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई

यान्त्रिक पुल

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै यान्त्रिक पुल

कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् । व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने

मलेसिया

नेपाली कामदारको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नेगरी मलेसियासँग श्रम सम्झौता हुँदै

काठमाडौं । विगत छ महिनादेखि अवरुद्ध हुँदै आएको मलेसियामा नेपाली कामदार आपुर्ती प्रक्रिया आगामी कात्तिक १२ गतेदेखि पुनः सुचारु हुने भएको छ । नेपाल सरकार र मलेसिया सरकारबीच आगामी कात्तिकमा श्रम सम्झौता हुने पक्का भएपछि मलेसियामा नेपाली कामदार पठाउन सजिलो हुने भएको हो

ट्रम्प

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली, महिला विरोधी एजेण्डा लिएको आरोप

सिकागो । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी

कर्मचारी

दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी ।  दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै

बलात्कारपछि हत्या

दश बर्षीय बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी

ठुला योजना

‘सरकारले ठुला योजना अघि सार्दा खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन’

ओखलढुङ्गा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको दावी