बारपाकमा प्रभु बैंकको नँया शाखा विस्तार

Advertisement

काठमाडौँ ।  भूकम्पको केन्द्र विन्दू गोरखाको बारपाकमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ। मुलुक संघीयतामा गएसँगै स्थानीय तहहरूमा बैंक जानैपर्ने भएपछि बारपाक सुलिकोट गाउँपालिकाको सहजीकरणमा बारकमा प्रभु बैंकले आफ्नो शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका प्रवत्ता श्रेष्ठले भने,‘स्थानीय तहहरूमा विस्तारै आर्थिक गतिविधि बढिरहेको छ । पुँजी सुरक्षित र लगानी बढाउन पनि बैंकको आवश्यकता थियो । अब बैंक आएको छ । यसले बारपाकबासी बासिन्दाहरुको आर्थिक उन्नतिमा पक्कै सहयोग गर्नेछ,भनेर भन्नु भयो ।

Advertisement

Advertisement

Advertisement