अब एलजीको हरेक टिभीमा दुई बर्षको वारेन्टी

Advertisement

काठमाडौं । एलजी टिभीले आफ्ना हरेक टिभीको खरीदमा दुई वर्षको पूरा वारेन्टी दिने भएको छ । ग्राहकहरुको मागलाई मध्यनजर राखेर यस्तो सुविधा दिन लागिएको सो ब्राण्डले जनाएको छ ।

विगतमा एलजीले नर्मल टिभीमा मात्र दुई वर्षको वारेन्टी दिदैं आएकोमा अब देखि यूएचडी र सुपर यूएचडीमा पनि दुई वर्षको वारेन्टी दिने भएको हो । नेपालमा चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले एलजीको टिभी बिक्री गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement