भरतपुर महानगरले जग्गाको कित्तकाट फुकुवा गर्दैनः मेयर रेनु दाहाल

Advertisement

भरतपुर । भरतपर महानगरमालिकाले जग्गाको कित्ताकाट आंशिक फुकुवा गर्ने सरकारको निर्णय लागू नगर्ने भएको छ ।

वर्गीकरणको आधारमा स्थानीय सरकारलाई निर्णयको अधिकार दिएर जग्गाको अंशबण्डा, किनबेच र प्लटिङलाई फुकुवा गर्ने संघिय सरकारको निर्णय भएपनि त्यसमा केही तयारी गर्नुपर्ने भन्दै महानगरपालिदकाले यसको कार्यान्वयन नगर्ने बताएको छ ।

भरतपुरकी मेयर रेनु दाहालले भरतमुर महानगरका लागि जथाभावी कत्ताकाट मान्य नहुने बताएकी छन् । उनले जग्गाको कित्ताकाट पुकुवा भएसँगै नगरक्षेत्रमा भूमाफियाहरु सल्बलाउन थालेको भन्दै स्पष्ट कार्ययोजना बताएर मात्रै जग्गाको कित्ताकाट लागू गर्ने बताएकी छन् ।

विगतमा मनपरी रुपमा जग्गाको कित्ताकाट हुँदा समस्या आएको भन्दै उनले अहिले महानगरलाई स्मार्ट सिटी बनाउन तथ्यांक संकलन भइरहेकोले पनि तत्काल कित्ताकाट फुकुवा नहुने बताइन् । भरतपुर नगरपालीका क्षेत्रमा अव्यवस्थित तरिकाले प्लटिङ भएका कारण झन्डै २० प्रतिशत खेती योग्य जमिन नष्ट भएको कृषि कार्यलयको तथ्यकङ्क छ ।

प्लटिङ गरी खेती योग्य जमिनको कित्ताकाट गर्न आएमो त्यसलाई पास नगर्न आफुले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मेयर दाहालले बताइन् ।

Advertisement

Advertisement

Advertisement