‘भाइब्रेन्ट’ गुजरातमा भागलिन किशोर प्रधान नेतृत्वको टोली गुजराततर्फ

Advertisement

काठमाडौं । भारतको गुजरातमा शुक्रबारदेखि आयोजना हुने भाइब्रेन्ट गुजरात–२०१९ कार्यक्रममा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा महासंघको चार सदस्यीय टोली त्यसतर्फ गएको छ ।

सदस्यहरूमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेत छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने यस सम्मेलनमा भारत, नेपाल लगायत विश्वका ६० भन्दा बढी देशहरूले भाग लिने छन् ।

गुजरात उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य थीम पाथ टू प्रोस्पारिटी रहेको छ । कार्यक्रम माघ ६ गतेसम्म चल्नेछ । कार्यक्रमका दौरान माघ ६ गते आयोजना हुने ग्लोवल चेम्वर अफ इण्डष्ट्रिज विषयक सम्मेलनमा महासंघका तर्फबाट एफएनसीसीआइका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै सोही अवसरमा नेउवामहासंघ प्रदेश नम्वर ३ र गुजरात चेम्वर अफ कमर्स बीच सहमतीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

गुजरातमा रह“दा महासंघको प्रतिनिधिमण्डलले कार्यक्रममा सहभागी हुन आएका विश्वका व्यवसायिक नेताहरूस“ग भेटवार्ता गर्नुका साथै बी–टू–बी बैठकमा समेत भाग लिने महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement