एभरेष्ट बैंक र पंजाव नेसनल बैंकबीच सम्झौता

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेसनल बैंकसँग सम्झौता गरेको छ । पंजाव नेसनल बैंकको कार्यालय नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सोमेश्वर सेठ र पंजाव नेसनल बैंकका महाप्रबन्धक समिर बाजपाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेसनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्ने बैंकले जनाएको छ । उनीहरुले रक्षक प्लस खाताबाट निःशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेसनल बैंकको सह–ब्रान्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्नसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।


भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । एभरेष्ट बैंकले हाल ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएममार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement