मेलम्ची ठेक्का रद्दका लागि प्रक्रिया सुरु

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार काममा फर्कन नमानेपछि सरकारले ठेक्का रद्द गर्नका लागि प्रक्रिया सुरु गरेको छ । जसका लागि मेलम्ची खानेपानी बोर्डले आइतबार ठेकेदारलाई १४ दिने सूचना जारी गरेको छ ।

असुरक्षाको कारण देखाउँदै ठेकेदार कम्पनी काममा फर्कन नमानेपछि सरकारले ठेक्का ताड्ने प्रक्रिया सुरु गरको हो । ठेक्का सम्झौताको प्रावधान अनुसार मेलम्ची खानेपानी बोर्डले ठेक्का रद्द गर्नुअघि १४ दिने सूचना जारी गरेको हो ।

आयोजना स्रोतका अनुसार ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ‘बाध्य भएर ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गर्नुपरेको हो । ‘१४ दिनसम्म पनि ठेकेदार सम्पर्कमा आएन भने स्वतः ठेक्का रद्द हुने स्रोतले बतायो ।

ठेकेदारले सरकारी कर्मचारीले आफूहरुलाई बन्दी बनाउने, धरपकड गर्ने, राहदानी जफत गर्ने लगायतका काम कारबाही गरेकाले असुरक्षित भएको महसुुस गर्दै सरकारलाई वार्ता गर्ने भए लण्डन आउन भनि बोलाएको थियो ।

सरकाठेकेदारले आफूले पाउनु पर्ने ३६ करोड रुपैयाँ सरकारले नदिएका कारण देखाउँदै गत पुस २ गते एकतर्फी ठेक्का रद्द गरेको थियो ।

सरकारले नयाँ ठेकेदार नियुक्ती गरी मेलम्ची काम सुरु गरेमा मेलम्ची आयोजनाको निर्माण कार्य दुई/ तीन वर्ष पर धकेलिने अनुमान गरिएको छ ।
सरकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरेको थियो।

Advertisement

Advertisement

Advertisement