काम सन्तोषजनक नभएको भन्दै ग्लोबल आइएमई बैंकका सिइओको राजीनामा मागियो

Advertisement

काठमाडौं। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन् । काम सन्तोषजनक नभएको भन्दै सञ्चालक समितिले राजीनामा मागेपछि उनले दिएका हुन् ।

गत बर्ष मात्रै बैंकको सिइओ नियुक्त भएका पौडेल र सञ्चालक समितिबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि उनको राजीनामा मागिएको हो । साथै, सञ्चालकहरुले बैंकको वित्तीय अवस्थामा पौडेलले खासै सुधार गर्न नसकेको र उनको कार्यसम्पादन झन फिलतो हुँदै गएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

नबिल बैंक, एनआइसी बैंक, लक्ष्मी बैंक हुँदै ग्लोबल आइएमई बैंक आइपुगेका जनक शर्मासँग लण्डनमा अध्ययन गर्न जाँदा त्यहाँको एक बैंकमा समेत काम गरेको अनुभव छ ।

Advertisement

Advertisement

Advertisement