संसदमा धकेलाधकेल, चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुन सकेन्

Advertisement

काठमाडौं । काँग्रेसको अवरोधका चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अघि बढेका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई रोक्न खोज्दा संसदमा धकेलाधकेलको स्थिति सिर्जजा भएको छ ।

उक्त विधेयक रोक्न काँग्रेसले रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले पहिलो बैठक स्थगित गरेका थिए । दोस्रो बैठकमा पनि काँग्रेसले रोष्टम घेरेपछि विवादकै बीच सभामुख महराले मन्त्री पोखरेललाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।

विधेयक प्रस्तुत गर्न अघि बढेका उनलाई काँग्रेसका साँसदहरुले रोक्ने क्रममा मन्त्री धकेलिएका हुन् । बैठकमा तनावको स्थिति सिर्जना भएपछि महराले दोस्रो बैठक पनि स्थगित गरे ।

डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताअनुसार जस्ताको तत्तै विधेयक प्रस्तुत हुनुपर्ने अडान राख्दै आएको काँग्रेसले सम्झौता कार्यान्वयनको माग राख्दै संसद अवरोध सुरु गरेको हो । डा. केसी सम्झौता कार्यान्वयनको माग गर्दै १६औं चरणको आमरण अनशनमा छन् ।

Advertisement

Advertisement

Advertisement