एनआईसी एसियाको चार अर्ब रुपियाँको ऋणपत्र बिक्री आजबाट खुला

Advertisement

काठमाडौं। एनआईसी एसिया बैंकले माघ १३ गते (आइतबार )देखि १० वर्ष अवधिको लागि चार अर्ब रुपियाँको ऋणपत्र निष्काशन गरेको छ ।  एनआईसी एसिया बैंक डिवेञ्चर २०८५/८६ को बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ।  बैंकले यसअघि एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ । निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत ८० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्न सक्नेछन् । एनआईसी एसिया बैंकको यो दोस्रो ऋणपत्र हो ।

Advertisement

Advertisement

Advertisement