हेटौँडा सिमेन्टको घाटा कम हुँदै, वार्षिक २० करोडसम्म नाफा

Advertisement

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ ।

८३ करोड  रुपियाँ घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामो  समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक  १८ करोड देखि  २० करोड  रुपियाँ बराबरको सिमेन्ट उत्पादन बिक्री गरी नाफा कमाएको छ ।

उद्योगले हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वर्षमा २७ लाख बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उच्च प्रविधि र प्राविधिकको अभाव कारण २१ लाख बोरा सिमेन्ट मात्र उत्पादन हुने गरेको उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।

नेपाल सरकारको सहयोग भएमा सम्भाव्यताको आधारमा एक हजार २०० देखि दुई हजार ५०० टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष रहेको उद्योग प्रसाशनले बताएको छ ।

बजार डिलरका अनुसार हेटौँडा सिमेन्ट उद्योगको माग अत्यधिक छ । यसको क्षमता वृद्धि भएमा बजार राम्रो हुने बताइएको छ । निजी क्षेत्रमा उत्पादित सिमेन्ट केही सस्तो भएकाले यसले आफ्नो बिक्री मूल्य घटाउनु पर्ने हेटौँडाका सिमेन्ट व्यवसायी रामप्रसाद साहले बताए  । यो उद्योगको उत्पादन गुणस्तरीय हुन्छ भन्ने सर्वसाधारणको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement