सेयर बजार ओरालो लाग्ने क्रममा सुधार आउनै सकेन्

Advertisement

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव ३८ अंकले घटेर एक हजार एक हजार १३९ दशमलव ७२ अंक कायम भयो ।

सेयर कारोबार पनि अघिल्लो दिनकै हाराहारी २३ करोड रह्यो, जुन निकै न्यून हो । उक्त रकममा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै एक करोड ६२ लाख रुपियाँ रह्यो । आज धेरै नाफा गर्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा ग्लोबल आइएमई समुन्नती स्किम १ का लगानीकर्ता अगाडि छन् ।

समूहगत कारोबारतर्फ आज कुनै पनि समूहमा सुधार देखिएन् । उत्पादनसमूलक र जलविद्युत समूहमा एक प्रतिशतभन्दा बढिको गिरावट छ भने बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ । बैंकको व्याजदरमा कमी आउन नसक्दा तथा सेयर कर्जामा सहजता नहुँदा सेयर बजारमा खासै सुधार आउन नसकेको विश्लेषकहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement