जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क ५ करोड १५ लाख पुग्यो

Advertisement

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ५ करोड १५ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ। चालू आवको तीन महिना अवधिमा एक करोड ४७ लाख खुद बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन आयबाट एक करोड ३२ लाख, लगानी, कर्जा तथा अन्य आयबाट एक करोड ७२ लाख गरी जम्मा ८ करोड २६ लाख रुपियाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १२ लाख १४ हजार, अभिकर्ता कमिशन २१ लाख ४ हजार, खुद सेवा शुल्क ५ लाख १५ हजार र व्यवस्थापनको खर्च बापत ३ करोड ५ लाख गरि कूल ७ करोड ९९ लाख रुपियाँ खर्च गरेको गरेको इन्स्योरेन्सले जनाएको छ ।

पुस मसान्तसम्म कम्पनीको खुद नाफा एक करोड २९ लाख पुगेका छ। यस अवधिमा कम्पनीले २ करोड ३७ लाख रुपियाँ आम्दानी गरि एक करोड ७ लाख खर्च गरेको हो ।चालू आवको प्रथम त्रैमासमा ५२ लाख ३६ हजार रुपियाँ रहेको थियो ।

७० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा एक करोड ५२ लाख, बीमा कोषमा एक करोड ६९ लाख र महा विपत्ती जगेडामा १६ लाख ९३ हजार रुपियाँ सञ्चित रहेको कम्पनीले जानकारी दिएको छ ।

यस अवधिमा कम्पनीले ८ हजार ९८० वटा बीमालेख जारी गरी १० अर्ब ८१ करोड ६५ लाख रुपियाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ४० वटा दाबी वापत कम्पनीले १७ करोड ७८ लाख रुपियाँ भुक्तानी गरेको छ भने ४२ वटा दाबी वावापत परेको ७४ करोड ३४ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बैंकले जानकारी दिएको छ ।

यस अवधिमा आईपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपियाँ ६९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय चार रुपैयाँ ६० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य दुई सय १२ रुपियाँ ७० पैसा छ ।

Advertisement

Advertisement

Advertisement