रेनो सर्भिस क्याम्पमा ग्राहकलाईे छुटको सुविधा

Advertisement

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स्ले उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प फागुन १२ गते देखि संचालनमा ल्याएको छ । कम्पनीको उद्देश्य उपभोक्तालाई आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा दिनु हो ।

यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । रेनोको सर्भिस क्याम्प देशका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने छ । त्यसैले, उपभोक्ताले नजिकैको डिलरमा गएर गाडीको सभिएसिङ र मर्मत गर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement