पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि आज गरियो

Advertisement

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज (आइतावार) अन्त्येष्टि भएको छ । शेर्पा समुदायको संस्कृतिअनुसार उनको शवलाई बिहान साढे १० बजे टेकुस्थित चिन्तामणी घाटमा अन्त्येष्टि गरिएको हो ।

गत बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा तारेभीरमा हेलिकप्टर ठोक्किँदा व्यवसायी शेर्पा, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको थियो ।

शेर्पा यति एयरलाइन्स र तारा एयरलाईन्सका प्रबन्ध निर्देशक हुन् । यति एयर नेपालको आन्तरिक उडान भर्ने दोस्रो ठूलो हवाई सेवा प्रदायक कम्पनी हो भने तारा एयर माउण्टेन फ्लाइट गर्ने कम्पनी हो । उनले पछिल्लो समय डाइनास्टी एयरको हेलिकप्टर कम्पनी किनेका थिए । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा पनि शेर्पाले ५१ प्रतिशत सेयर लगानी गरेको हिमालयन एयरलाइन्स सञ्चालनमा छ ।

उनको लगानीमा राजधानीको गोकर्णमा गोकर्ण रिसोर्ट समेत सञ्चालनमा छ । दरबारमार्ग स्थित नारायणहिटी दरबारको अपोजिट दिशामा उनले ठूलो महल समेत बनाउँदै गरेका थिए ।

Advertisement

Advertisement

Advertisement