सहकारी संस्थाहरुको संख्या धरै भएको भन्दै मर्जरमा जानुपर्ने सरोकारवालाको जोड

Advertisement

काठमाडौं । सहकारी संघसंंस्थाको संख्या बढ्दै गएको भन्दै सरोकारवालाले मर्ज गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारी एकीकरण गर्ने विषयक छलफलको उद्देश्य उपत्यकामा सहकारी संघसंस्था धेरै भएकाले ग्राहक वर्गलाई उपयुक्त सेवा सुविधा दिन नसकेकाले सानो व्यवसायको रुपमा चलेको सहकारीलाई मर्ज गरेर सञ्चालनमा ल्याउनु हो ।

छलफल कार्यक्रममा सहकारीलाई मर्ज गरेर अघि सारेमा सदस्यको दोहोरो सदस्यता नहुने तथा एउटै संस्थाले ग्राहकको आवश्यक्ता पुर्ती गर्नसक्नेलगायतका विषयमा चर्चा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले सहकारीलार्ई मर्जमा लैजाँदा संस्थामा कार्यरत कर्मचारीहरुले यस्तो प्रकृयालाई भाँड्ने समस्या आउँने बताए । उनले भने–‘जब सहकारस्को संख्या कम हुन्छ तब सोही संस्थामा कार्यरत कर्मचारीलाई कहाँ लगेर व्यवस्था गर्ने, यस विषयमा सरकारले नै नीति तथा कार्यक्रमको तय गर्नुपर्ने हुन्छ ।’

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मिनराज कँडेलले सहकारीले ग्राहकलाई राम्रो सेवा दिनको लागि सहकारी मर्ज भए मात्र पुँजीको पर्याप्तता हुने हुुनाले यो नै उपयुक्त रहेको बताए । उनले कार्यक्रममा बोल्दै एउटा संस्थाले मात्र ग्राहकको आवश्यक्ता पुर्ती गर्न नसक्ने भएकाले मर्जमा जानेभन्दा बाहेकको विकल्प नरहेको तर्क गरे । उनी भन्छन्– ‘सहकारी मर्ज गर्दा समस्या भने अवश्य आउँछन् नै । नामाकरणमा तथा पद लिनेमा समस्या आउँछ ।’ संख्यात्मक भन्दा गुँणात्मक सेवा दिन पर्नेमा जोड दिए ।

त्यस्तै छलफल कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष पे्रम प्रसाद चौँलागाईँले देशको वस्तु स्थितीअनुसार योजना अघि सार्न पर्ने बताए । उनले साना–साना संस्थालाई मर्ज गरेमात्र सहकारीले गुँणस्तरीय सेवा दिनसक्ने जानकारी दिए ।

कार्यक्रमका सभापति शिव कुमार कार्कीले देशभरी ३४ हजार पाँच सय १२ वटा दर्ता भएको र यो धेरै भएको हुँदा मर्ज नै गर्नु उपयुक्त रहेको बताए । उनले मर्ज गर्दा नियुक्ति पद तथा नामाकरणमा समस्या आएपनि विकृति नियन्त्रण गर्न सकिने, गुँणस्तरीय सेवा दिन सकिनेमा जोड दिए । उनले चरनौतीको सामना गर्न परेपनि सहकारी एकीकरण चुनौतीपुर्ण भएपनि यो आवश्यक्ता भएको जिकिर गरे । सहकारीलाई मर्ज गरेर सञ्चालन गर्दा सदस्यको दोहोरो सदस्यता हटाउन सकिने बताए । सहकारीलाई आधुनिकीकरण गर्न मर्ज आवश्यक रहेकोमा सबै उपस्थित बक्ताले जोड दिए ।

Advertisement

Advertisement

Advertisement