गण्डकी बिकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी र गण्डकी बिकास बैंकबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच बिहीबार आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्. तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि।ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement