सिरहाको गाेलबजार एनआईसी एसियाको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं। एनआईसी एसिया बैंकले सिरहाको गाेलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको  गाेलबजार शाखाको उद्घाटन गर्दै गाेलबजार नगर प्रमुख देवनाथ शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे।

देशभरमा यस बैंकका २७७ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ्ग इकाई रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement