कामना सेवाले गर्यो निशुल्क स्वास्थ्य शिविर

Advertisement

काठमाडौं।  कामना सेवा विकास बैंकको कुश्मा शाखाले बाग्लुङको नाराणस्थानमा शनिवार निशुल्क स्वास्थ्य शिविर सञ्चाल गरेको छ।

शिविरवाट नारायणस्थान कैया, सरङ्गे लगायत क्षेत्रका १६३ जना महिला तथा पुरुष विरामिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेले बताए ।

स्थानिय आयोजक लायन्स क्लब अफ र्पवत चौतारीका अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सञ्चालित शिविरको प्रमुख अतिथि धौलागिरी अञ्चल अस्पताल बाग्लुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. सागर कुमार राजभण्डारी थिए । उपचारको क्रममा अघिकांस महिलाहरुमा पाठेघरको समस्या उच्च रक्तचाप,फोक्सोको र्दिघ रोगदेखीएको डा. राजभण्डारले बताए ।

बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधिहरु सञ्चाललन गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement