सनराइज र शिखर इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं। सनराइज बैंक र शिखर इन्स्योरेन्सबीच  कम्पनी लिमिटेड बीच सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सनराइज बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

देशभर रहेका सनराइजका शाखाबाट बैंकका ग्राहकले  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।

यस सम्झौताले सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement