श्रीमती कुट्ने डाक्टर पक्राउ

Advertisement

वीरगञ्ज । आफ्नै श्रीमतीलाई कुट्ने डाक्टर पक्राउ परेका छन् । श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका डा. सचितानन्द यादव पक्राउ परेका हुन् ।

शुक्रबार राति यादवले श्रीमती सुनितालाई कुटपिट गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । सुनिताका माईति पक्षले डाक्टर यादव विरुद्ध उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घाइते सरिताको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement