बौद्ध र ईमाडोलमा लक्ष्मी बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  लक्ष्मी बैंकले  काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा आफ्नो १०० औँ र १०१ औँ शाखा सञ्चालनमा ल्याएको छ।
यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, विमालगायत का वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्र तथा बजारमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।

Advertisement

Advertisement

Advertisement