सन्तान नजन्माएको भन्दै डाक्टर रहेका आफ्नै श्रीमानबाट श्रीमतीको हत्या

Advertisement

वीरगन्ज । सन्तान नजन्माएको निउँमा डाक्टर रहेका आफ्नै श्रीमानबाट मणनासन्न हुनेगरी कुटिएकी सुनितादेवी यादवको शुक्रबार साँझ काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनी वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डाक्टर सचितानन्द यादवकी जेठी श्रीमती हुन् ।

श्रीमानको कुटाइबाट घाइते भएकी सुनिताको उपचारका क्रममा आज अपरान्ह ५ बजे मृत्यु भएको हो । श्रीमानसहित घरका अन्य सदस्यबाट कुटपिट भएपछि गम्भीर घाइते भएकी सुनितालाइ माइती पक्षले उद्दार गरी चैत ११ वीरगन्जको गण्डक हस्पिटलमा भर्ना गरेका थिए । उक्त हस्पिटलको आइसियु कक्षमा उपचार हुँदा स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि चैत ११ गते राति काठमाडौं लगिएको थियो ।

वीरगन्जको हरपतगन्ज निवासी सचितानन्दले १५ वर्ष पहिले वीरगन्जजकै बहुअरीकी सुनितासँग २० लाख रुपियाँ दाईजो लिएर मागी विवाह गरेका थिए । विहे गरेको एक बर्षमै सन्तान नजन्माएको निउमा उनले भारत रक्सौलकी एक महिलालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए ।

कान्छी पाएपछि जेठी सुनितालाई निरन्तर मानसिक तथा शारिरीक यातना दिँदै आएको सुनिताका भाई सन्तोष यादवको गुनासो छ । घरबाट निकाल्न घर पक्षकाले सुनितालाई दबाब दिने, खान पनि दिने गर्दै आएको थियो । लाई कुटपिट गरी घाइते बनाएपछि सचितानन्दलाई प्रहरीले चैत ११ गते नै नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको छ । माइती पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले डाक्टर यादवलाई पक्राउ गरी कर्तब्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइसकेको पर्साका प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement