एनसेल लाभकर विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

Advertisement

काठमाडौं । एनसेल लाभकर विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानुनसम्मत नभएको भन्दै एनसेलले दायरगरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गानाको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ । रिटमा यसअघि वैशाख १२ गते अल्पकालीन अन्तरिम आदेश भएको थियो । अल्पकालीन अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा ठूला करदाता कार्यालय र एनसेलका बीच आज छलफल हुनेछ ।

वैशाख १२ गते न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । इजलासले आज दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

अदालतको आदेशसँगै एनसेलसँगै कर असुलीको प्रक्रिया रोकिएको छ । ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ थप कर सात दिनभित्र तिर्न पत्राचार गरेको थियो ।

Advertisement

Advertisement

Advertisement