इन्भेष्टमेन्ट बैंकको नाफामा ९.६१ प्रतिशतको गिरावट

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खृुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले दुई अर्ब ८३ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको थियो। बैंकको गत आवको यसै अवधिको तुलनामा ९.६१ प्रतिशतले गिरावट आएर २ अर्ब ५६ करोड रुपियाँ कायम भएको हो ।

बैंकले निक्षेप १ खर्ब ४२ अर्ब तथा कर्जा १ खर्ब २४ अर्ब कर्जा संकलन गरेको छ । उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोडबाट बढेर ४ अर्ब ९१ अर्ब पुगेको छ ।

बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड रुपियाबाट २ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन खर्च १ अर्ब ५८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकले ४ प्रतिशतले निक्षेप र ४.८२ प्रतिशतले कर्जा विस्तार गरेको छ।

यसैगरि बैंकको खराब कर्जा अनुपात धेरै बढेको छ । गत आवको यसै अवधिमा ०.७६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात तेब्बर बढी ३.०४ प्रतिशत पुगेको हो।

बैंकको गत आर्थिक वर्षको चैत मसान्तमा रहेको बैंकको कोषको लागत ६.३५ बाट ६.४८ प्रतिशतमा बढेको छ भने आधार ब्याजदर ९.१२ प्रतिशतबाट ८.५४ मा झरेको छ।

एस डेभलपमेन्ट बैंकलाई आफूमा विलय गराएको यस बैंकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस वितरण गरे पूँजी बढाउँदा प्रतिशेयर ८ रुपियाँ ३८ पैसा आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा वार्षिक ३५ रुपियाँ ५५ पैसा वार्षिक प्रतिशेयर आम्दानी रहेको बैंकको चालू आवको यसै अवधिमा २७ रुपियाँ १७ पैसामा सीमित भएको हो ।

Advertisement

Advertisement

Advertisement