जवरजस्ती करणीको अभियोगमा उदयपुरमा दुई जना पक्राउ

Advertisement

उदयपुर । उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेको छन्। आइतबार त्रियुगा नगरपालिका ७ पिपल चौकमा एक बालिका र नगरपालिका १६ को कसेनी खोलाको जंगलमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन्।

त्रियुगा नगरपालिका ७ पिपल चौक स्थित खेतको गरामा आइतबार राति साढे आठ बजेको समयमा अन्दाजी २१ वर्षिय एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५२ वर्षिय धन बहादुर दनुवार र नगरपालिका १६ कसेनी खोला स्थित जंगलमा आइतबारै दिउँसो चार बजेको समयमा अन्दाजी ३५ वर्षिय महिलालाई करणीको आरोपमा ४३ वर्षिय भिमबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

पक्राउ परेको दुवै जनालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement