रेलवे सम्झौताको समीक्षाका लागि नेपाल–भारत बैठक सुरु

Advertisement

काठमाडौं । नेपाल–भारत रेल्वे सम्झौताको पुनरावलोकन गर्न दिल्लीमा द्धिपक्षीय बैठक बिहीबारदेखि सुरु भएको छ । रेलवे सम्झौताको विस्तृत पूनरावलोकनको यो तेस्रो बैठक हो । भारतीय रेल मन्त्रालयमा भइरहेको बैठक नेपाल र भारतबीच रेल कनेक्टिभिटिको समीक्षा हुने जनाइएको छ ।

भारतसँग रेल कनेक्टिभिटिको सुरुवात हुन थालेको अवस्थामा यस बैठकमा बल्क कार्गोको आप्रवाहलाई सहज र सरल बनाउने तथा अन्य प्राविधिक विषयमा पनि छलफल हुने नेपाली अधिकारीहरुले बताएका छन् । भारतीय सहयोगमा जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालनमा आएको छ भने रक्सौलदेखि काठमाडौंसम्म भारतले रेल मार्गको निर्माण गरिदिने प्रतिवद्धता पनि जनाएको छ । बैठकमा यस परियोजनाको संभाव्यता अध्ययनका विषयमा पनि छलफल हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको टोली सहभागी छ भने भारतका तर्फबाट भारतीय रेल्वे बोर्डका कार्यकारी निर्देशक मनोजकुमार नेतृत्वको टोली रहेको छ । बैठक शुक्रबारसम्म चल्नेछ ।

Advertisement

Advertisement

Advertisement