माथिल्लो कर्णालीको सम्पर्क कार्यालयमा बम विस्फोट, मोटरसाइकलमा पनि आगजनी

Advertisement

अछाम । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा शनिबार बम विस्फोट गराइएको छ । अज्ञात समूहले कार्यालयलाई लक्षित गरी प्रेसर कुकर बम विस्फोट गराएको हो ।

तुर्माखाँद गाउँपालिका–३ असराघाटस्थित दीपक बिसीको घरमा रहेको आयोजनाको सम्पर्क कार्यालयलाई लक्षित गरी गराइएको बिस्फोटबाट घरमा क्षति भएको छ । साथै, समूहले भे. ७ प. ९६९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको छ । कार्यालयको शौचालयमा पनि बम विस्फोट गराई क्षति पुर्याइएको छ । अछामका प्रहरी प्रमुख जनक शाहीका अनुसार प्रहरी सहायक निरीक्षक दीर्घराज योगीको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पठाइएको र घट्ना छानविन तथा क्षतिको मूल्यांकन भइरहेको छ । साथै, विस्फोट गराउने समूहको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ । आयोजनाको कार्यालय भने घटना भएको ठाउँबाट झण्डै तीन किलोमिटर पर छ ।

Advertisement

Advertisement

Advertisement